
विश्वप्रशिद्ध ‘अनलाइन सर्च इन्जिन’ गुगलसँग प्रतिस्पर्धामा रहेका अरु ‘सर्च इन्जिन’ का विज्ञापनदाताहरुलाई ‘ब्लक’ गरेकामा युरोपेली संघको एक आयोगले गुगलमाथि १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ ।
यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाइएको हो । गुगलमाथि प्रतिस्पर्धा नियम उल्लंघन गरेकामा ‘कम्पिटीसन कमिसन’ ले दुई वर्षभित्रैमा जरिवाना लगाएको यो तेस्रो पटक हो ।
गुगलको ‘प्यारेन्ट’ कम्पनी अल्फाबेटाले विज्ञापनबाट अर्बौं डलर आय गरिरहेको छ र सन् २०१८ मा यसको कर तिर्नुपूर्वको विज्ञापनको मुनाफा ३० अर्ब ७० करोड डलर पुगेको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।