newskoseli.Com

‘चैत २७ मा आठौं राष्ट्रिय खेलकुदको उदघाटन’

राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन समारोह चैत २७ मा हुने निश्चित भएको बताएका छन् ।

खेलकुद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा उदघाटन भई २०७६ वैशाख ३ मा समापन हुने जानकारी सचिव विष्टले दिए । आइतबार नेपालगञ्जमा आयोजित समन्वय बैठकलाई सम्बोधन गर्दै चैत १५ मा बस्ने बोर्ड बैठकले यसबारे टुङ्गो लगाउने सदस्य सचिव विष्टले बताए । ‘चैत १५ मा बस्ने परिषदको बोर्ड बैठकले समयबारे औपचारिक रुपमा निर्णय गरी सार्वजनिक गर्नेछ’– उनले भने । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उदघाटन गर्ने जानकारी समेत उनले दिए ।

राष्ट्रिय खेलकुद प्रतियोगिता प्रत्येक दुई वर्षमा गर्न सकिन्छ भन्ने देखाउन पनि २०७५ चैतभित्रै सो प्रतियोगिता सुरु गर्न लागेको उनले बताए । उनले भने– ‘समयमै नहुने राष्ट्रिय खेलकुद प्रतियोगिताको बेथितिमा थिति बसाल्न लागिपरेका छौं ।’ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने कुरामा कसैले कुनै शङ्का नगर्न उनले आग्रह गरे । प्रतियोगिताको उदघाटनस्थल नेपालगञ्ज रङ्शालामा विशिष्ट पाहुनाका लागि चीनबाट प्यारापिट आइसकेको सचिव विष्टले बताए ।

मध्यपश्चिम खेलकुद विकास समिति प्रदेश– ५ का अध्यक्ष भीम वलीले प्रतियोगिताका लागि पुनर्निर्माण गरिएको नेपालगञ्ज रङ्गशाला मैदान, सोही स्थानमा ६ हजार ५ सय क्षमताको दर्शक प्यारापिट, नेपालगञ्जमै सुटिङ रेञ्ज, भारत्तोलन एकेडेमी भवन, कोहलपुरस्थित क्रिकेट मैदान, दाङको लमहीमा क्रिकेट मैदान, घोराहीमा बास्केटबल कोर्ट, बाँकेको खजुरामा भलिबल स्टेडियम, बर्दियाको भुरीगाउँमा खोखो खेलको कभर्डहल, रूपन्देहीमा लङटेनिस कोर्ट र कपिलवस्तुमा कुस्तीका लागि मायादेवी खेल मैदान निर्माण सम्पन्न भइसकेको जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर