newskoseli.Com

मनोविदको सनसनीपूर्ण खुलासा : सबैभन्दा बढी डाक्टरले अनि महिलाले गर्छन् आत्महत्या

प्रायः सबैतिर र खासगरी नेपाली समाजमा शारीरिक समस्यालाई मात्रै ‘रोग’ वा ‘बिमार’ ठानेर शरीर अर्थात् शारीरिक पक्षको उपचारलाई मात्र ‘उपचार’ ठान्ने र भन्ने गरिएको छ । प्रायः सबैजसो अस्पताल, क्लिनिक र स्वास्थ्य संस्थाहरु पनि शारीरिक रोगको पहिचान र उपचारमा नै केन्द्रित छन् ।

तर, मानवजातिका लागि रोग र उपचारको क्षेत्र शरीर मात्र होइन, मन पनि हो । मानिसलाई जसरी शरीरमा अनेकथरी शारीरिक रोग लाग्दछन् र विभिन्न तौरतरिकाका उपचार गरिन्छन्, त्यसैगरी मनमा पनि विभिन्न खाले रोग लाग्दछन् र अनेकौं तरिकाले मानसिक उपचार गर्नुपर्ने अवस्था आउन सक्दछ । जसरी शरीरको रोगबाट बच्न रहनसहन, खानपान, व्यायाम र यस्तैयस्तै अनेकौं सचेतना, अभ्यास र प्रयास गरिन्छन्, ठीक त्यसैगरी मानसिक रोगबाट बच्नका लागि पनि अनेकौं सचेतना र प्रयासको जरुरत पर्दछ ।

यी र यस्तै विषयमा केन्द्रित रही न्युजकोसेलीकर्मी यु खड्का, रामेश्वर तिमल्सिनाजनक थापा मगरले मनोविद् (साइकोलोजिस्ट) गोपाल ढकालसँग लामो वार्तालाप गरी यो श्रब्य–दृश्य सामग्री तयार पारेका छन् । यहाँ प्रस्तुत छ, अनुभवी मनोविदसँगको सोही महत्त्वपूर्ण भिडियो । विविध खाले मनोरोग र विशेषतः डिप्रेसनका अनेकौं पाटापक्षबारे मनोविद् गोपाल ढकालका महत्त्वपूर्ण ‘टिप्स’ हरु हेर्नोस् भिडियोमा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर