newskoseli.Com

समुद्रसम्म नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल

नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड कनेक्सन भरपर्दो बनाउने उद्देश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुद्रसम्म पुर्‍याउने भएको छ ।

भूपरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तर्गत प्राधिकरणले नेपालबाट सिधै समुद्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउने भएको हो । समुन्द्रसम्म भएको इन्टरनेट केबलसम्म नेपालबाट सिधै इन्टरनेट कनेक्सनका लागि प्राधिकरणले सम्भाव्यता अध्ययन गराउन लागेको छ ।

त्यसका लागि प्राधिकरणले सोमबार सूचना प्रकाशन गर्दै इच्छुक कम्पनीसँग परामर्शदाताका रुपमा काम गर्न प्रस्ताव माग गरेको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर