newskoseli.Com

‘हाइपरसोनिक’ जेटको यात्रा सम्भव : लण्डन–न्युयोर्क यात्रा जम्मा एक घन्टामा !

निकै गुणा तीव्र गतिमा उडान भर्दा जेट इन्जिन पग्लने अवस्था रोक्ने प्रविधिको सफल परीक्षण गरिएपछि अब ‘हाइपरसोनिक’ जेटको यात्रा सम्भव हुन भएको छ ।

रियाक्सन इन्जिनका अनुसन्धानकर्मीहरु ३.३ म्याका अर्थात् प्रतिघन्टा ४ हजार २३ किलोमिटरको गतिमा प्रि–कुलरको काम व्यवस्थित गर्न सफल भएका छन् । यसको अर्थ ठूलो अनुपातको हाइपरसोनिक इन्जिनलाई यात्रु जेटमा जडान गर्न सकिन्छ ।

परीक्षणको नयाँ चरणले ५.५ म्याका अर्थात् ६ हजार ८ सय किलोमिटर प्रतिघन्टाको प्रविधि ल्याउने सोच बनाएको छ । यो गतिको विमानबाट यात्रा गर्दा लण्डनबाट न्युयोर्कसम्मको यात्रा गर्नका लागि १ घन्टाभन्दा पनि कम समय लाग्ने खबर बुधबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर