newskoseli.Com

पहिलो पटक ‘ब्ल्याक होल’ को तस्बिर सार्वजनिक : के हो ‘ब्ल्याक होल’ ?

हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौं । तर, बुधबार भने इतिहासमै पहिलो पटक ‘ब्ल्याक होल’ को तस्बिर सार्वजनिक भएको छ ।

‘ब्ल्याक होल’ पृथ्वीबाट ५ करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर विश्वका ८ वटा टेलिस्कोपको नेटवर्कबाट खिँचिएको थियो । सोबारे ‘एस्ट्रो फिजिक्स जर्नल’ मा विस्तृत समाचार छापिएको छ ।

नेदरल्यान्ड्सको रोडबाउन्ड विश्वविद्यालयका प्राध्यापक हेइनो फेल्किलेसोले यस अनुसन्धानको प्रस्ताव गरेका थिए । उनले भने– ‘हामीले जे देख्यौं, त्यो हाम्रो पूरै सौर्यमण्डलभन्दा ठूलो छ ।’

खासमा के हो ‘ब्ल्याक होल’ ?

‘ब्ल्याक होल’ अन्तरिक्षमा भएको यस्तो गुरुत्वार्कषण क्षेत्र हो, जहाँबाट अत्यधिक गुरुत्व बलका कारण प्रकाश पनि बाहिरिन सक्दैन । वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ‘ब्ल्याक होल’ को निर्माण हुन्छ ।

ब्ल्याक होलको वरिपरी गणितीय हिसाबका आधारमा प्रमाणित गरिएको काल्पनिक सतह हुन्छ र त्यसलाई ‘इभेन्ट होराइजन’ भनिन्छ । यो क्षेत्रमा पुगेपछि कुनै पनि वस्तु बाहिर आउन सक्दैन । त्यसैले यो क्षेत्रलाई ‘प्वाइन्ट अफ नो रिटर्न’ को संज्ञा दिइएको खबर बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर