newskoseli.Com

नेपालमै मोबाइल फोन उत्पादनको सुरसार !

नेपालमै मोबाइल निर्माण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सम्भाव्यता अध्ययन सुरु गरेको छ । ‘मेक इन नेपाल’ योजनाअन्तर्गत नेपालमै मोबाइल सेट निर्माणको सम्भाव्यता अध्ययन गर्न सरकारको प्राधिकरणमार्फत परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ ।

‘यो मेक इन नेपालअन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल फोन उत्पादन तथा एसेम्बलको सम्भावना अध्ययन गर्न लागेको हो,’ प्राधिकरणका उपनिर्देशक विनोदचन्द्र श्रेष्ठले भने– ‘नेपालमै मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस्ड गर्न सकिन्छ वा सकिँदैन भनेर अध्ययन गर्ने तयारी भएको हो ।’

रिफर्बिस्ड अर्थात् पुराना स्मार्ट फोनलाई विभिन्न कम्पनीले प्रमाणीकरण गरेर पुनः नयाँजस्तै बनाएर बजारमा बेच्ने कार्य हो । त्यसका लागि प्राधिकरणले एभरेस्ट टेलिकम सर्कल प्रालिलाई परामर्शदाता नियुक्त गरेर सम्भाव्यता अध्ययन गर्न दिएको निर्देशक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मोबाइल आयातलाई केही हदसम्म भए पनि रोक्न सकिन्छ कि भन्ने उद्देश्यले अध्ययन सुरु गरिएको हो ।

वर्षेनि करिव ५० लाख मोबाइल सेट आयात भइरहेको छ । पछिल्लो तीन वर्ष (०७३, ०७४, ०७५) मा क्रमसः ५० लाख, ४८ लाख र ४५ लाखको हाराहारीमा मोबाइल सेट आयात भएको प्राधिकरणको तथ्यांक रहेको खबर रञ्जनहरि कोइरालाको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर