newskoseli.Com

मोबाइलको ‘ब्यालेन्स’ बाटै सामान किन्न सकिने !

मोबाइलको ‘ब्यालेन्स’ बाट अहिलेसम्म आफ्नो सेवा प्रदायकले दिने विभिन्न ‘डाटा प्याकेज’ हरु मात्रै किन्न मिल्छ ।

तर, अबको केही महिना पछिदेखि भने मोबाइल प्रयोगकर्ताले आफ्नो ‘ब्यालेन्स’ बाटै पसलमै गएर सामान खरिद गरी पैसा तिर्न र विद्युत् महसुलसहित विभिन्न सेवाहरुको शुल्क तिर्न समेत सक्नेछन् । नेपाल टेलिकमले अब मोबाइलको ‘ब्यालेन्स’ बाट सामान खरिदको रकम तिर्न सकिने सेवा सञ्चालन गर्ने भएको छ ।

यस्तो सेवा सञ्चालनका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच बिहीबार समझदारी भएको छ । सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा सरकारी स्वामित्व भएका दुई निकायले बिहीबार संयुक्त रुपमा कम्पनी स्थापना गरी ‘मोबाइल मनी’ सेवा दिने समझदारी गरेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर