newskoseli.Com

तरकारीमा विषादी : जाँच्ने निकाय नै आफैं बिरामी !

तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी मानव स्वास्थ्यका लागि घातक छ । तर, विषादीको मात्रा के–कति प्रयोग भएको छ भन्ने जाँच गर्ने संयन्त्र भरपर्दो छैन ।

देशकै ठूलो तरकारी थोक बजार कालीमाटीमा पाँच वर्षअघि सरकारले द्रुत विषादी अवशेष विश्लेषण इकाई सञ्चालनमा ल्यायो । इकाईअन्तर्गतको प्रयोगशालाले तरकारीमा रसायनिक विषादीको मात्रा ९० प्रतिशतसम्म भएको तथ्य सार्वजनिक गर्‍यो । विषादीको मात्रा १० देखि १५ सम्म हुनुलाई सामान्य मानिए पनि मात्रा जति बढ्दै गयो त्यति हानिकारक हुन्छ । त्यो विषयले निकै चर्चा पायो र उपभोक्ता पनि सचेत भए ।

तर, काम थालेको एक–दुई वर्ष नपुग्दै प्रयोगशाला प्रयोगविहीन जस्तै छ । प्रयोगशाला सञ्चालनका लागि सरकारले आवश्यक प्राविधिक जनशक्तिको पूर्ति गर्न सकेको छैन । सुरुमा बाली संरक्षण निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृतको नेतृत्वमा पाँच प्राविधिक जनशक्तिबाट काम सुरू भएको थियो । अहिले केन्द्रीय कृषि प्रयोगशालाका एक जना मात्रै कृषि प्राविधिक (जेटीए) को भरमा छ्र प्रयोगशाला ।

प्रयोगशालामा एक जना कार्यालय सहयोगी र कृषि प्राविधिक जाग्येश्वर शर्मा सिङ्गैको जिम्मामा जेनतेन काम हुँदै गरेको खबर सीता शर्माको बाइलाइनमा शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर