newskoseli.Com

राजधानीका गौंडा–गौंडामा क्यामेरा, लागत ५ करोड

महानगरपालिकाको सहयोगमा काठमाडौं उपत्यकाका सबै सहरी स्थानमा सीसीटीभी जडान गरिने भएको छ । उपत्यकामा हाल सञ्चालनमा रहेका ५ सय ६९ सीसीटीभीबाहेक काठमाडौं महानगरपालिकाभित्र मात्रै थप १ सय ६१ वटा सीसीटीभी जडान गर्न लागिएको हो ।

अबको दुई महिनाभित्र काठमाडौैका सबै चोकमा सीसीटीभी जडान गर्ने योजना छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी होवीन्द्र बोगटीले ती सीसीटीभी जडान भएपछि उपत्यकाको सुरक्षा व्यवस्था निगरानी गर्न सहज हुने बताए ।

उक्त कार्यका लागि ५ करोड ८१ लाख रुपियाँमा टेन्डर स्वीकृत भइसकेको जानकारी दिँदै कामपा प्रहरी प्रमुख डीएससपी धनपति सापकोटाले महानगरपालिकाले छनोट गरेका ४२ बाहेकका अन्य स्थानमा प्रहरीले सीसीटीभी जडान गर्न लागेको खबर ईश्वरराज ढकालको बाइलाइनमा मंंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर