newskoseli.Com

प्रधानमन्त्री क्रिकेट कप : प्रदेश– ३ सेमिफाइनलमा

प्रदेश नं ३ सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश– ३ ले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो ।

जीतसँगै प्रदेश ३ समूह ‘ए’ को विजेता बनेको छ । टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनायो । १५५ रनको विजयी लक्ष्य प्रदेश ३ ले ३३ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । प्रदेश ३ का लागि इशान पाण्डेले सर्वाधिक ५३ रनको योगदान दिए । आदिल खानले अविजित ३३,  कप्तान पारस खड्काले २६ रन,  रवीन जोशीले १३,  प्रतिश जिसीले ११ तथा जितेन्द्रसिंह ठकुरीले अविजित १२ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका विकास आग्री,  शेर मल्ल,  विनोद लामा र महेश अधिकारीले एक–एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्दै सुदूरपश्चिमका लागि खडक बोहराले ४०,  रोशन अधिकारीले २७,  नरेश बोहराले २६ तथा कप्तान शेर मल्लले १४ रन बनाए । बलिङतर्फ प्रदेश ३ का सूर्य तामाङले तीन,  प्रतिश जिसी र जितेन्द्रसिंह ठकुरीले दुई–दुई विकेट लिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर