newskoseli.Com

सरिता लामिछाने हारिन्, चलचित्र कलाकार सङ्घमा खड्का प्यानल विजयी

नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रविन्द्र खड्का विजयी भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा उनी २ सय १८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनकी प्रतिस्पर्धी सरिता लामिछानेले १ सय ६१ मत मात्रै प्राप्त गरिन् ।

संघको उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार विजयी भएका छन् । महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, र सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भए । कोषाध्यक्षमा भने यसअघि नै सुनिल कटवाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

शनिबार राजधानीमा सम्पन्न सङ्घको १७औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर