newskoseli.Com

हुवावेका नयाँ मोबाइलमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप पनि नचल्ने !

अमेरिकी पार्टपुर्जा र सप्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि अर्को धक्का लागेको छ । अर्को अमेरिकी कम्पनी फेसबुकले पनि अब नयाँ बन्ने हुवावेका स्मार्ट फोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ ।

हुवावे स्मार्टफोन किनिसकेका ग्राहकले भने फेसबुक एप्स प्रयोग र अपडेट गर्न पाउने फेसबुकले जनाएको छ । तर, अब बन्ने नयाँ हुवावे फोनमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप हुने छैनन् । हुवावेका नयाँ बन्ने सेटमा युट्युब र जिमेल नचल्ने घोषणा सम्बन्धित कम्पनीहरूले यसअघि नै गरिसकेका छन् ।

स्मार्टफोन उत्पादकहरुले फेसबुुक, इन्स्टाग्रामजस्ता एप्स आफ्ना सेटमा पहिल्यै इन्स्टल गरेर ग्राहककहाँ पठाउन सम्बद्ध कम्पनीसँग व्यापारिक सम्झौता गरेका हुन्छन् । तर, हुवावेको हकमा अब यो सम्झौता लागू नहुने खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर