newskoseli.Com

सताक्षीधाममा संस्कृत पाठशाला सुरु

 झापाको सताक्षीधाममा गोलोक गोवद्र्धन गौशालाले संस्कृत पाठशाला सञ्चालनमा ल्याएको छ ।

शिवसताक्षी नगरपालिका–७ मा स्थापित गोलोक गोवद्र्धन गौशालाले एक कार्यक्रमको आयोजना गरी पाठशाला कक्षा सञ्चालन गरेको हो । पाठशालाको ९४ वर्षीया बालविधुवा हरिमाताले सोमबार एक कार्यक्रमका बीच सो विद्यालयको विधिवत उद्घाटन गगरेका छन् ।

चारैतिर जङ्गलले घेरिएको क्षेत्रमा पहिलोपटक सताक्षीधाममा गुरुकुल संस्कृत विद्यालयमा पढाइ सुरू भएको छ । गोलोक गोवद्र्धन गौशालाले निर्माण गरेको श्री हरिवेद विद्यालयमा माध्यमिक तहसम्मको आवासीय संस्कृत विद्याको पढाइ सुरू गरिएको गौशालाका कोषाध्यक्ष पण्डित सोमनाथ सुवेदीले बताए ।

सो विद्यालयमा हाल पाँचजना विद्यार्थी अध्ययनरत छन् । झापा, सङ्खुवासभा र भारतको कालिङपोङबाट विद्यार्थी आएका सो विद्यालयले जनाएको छ । विद्यालयका अनुसार १५ जना विद्यार्थीलाई आवास, भोजन, पुस्तक र बस्त्रसहितको सुविधा प्रदान गरिने व्यवस्था रहेको जनाइएको छ ।

स्वस्ती बाचन, रुद्री, चण्डी, बेद, व्याकरण र ज्योतिषशास्त्रको अध्ययन अध्यापन यही विद्यालयमा गराइने पण्डित सुवेदीले जानकारी दिए। पूर्वमध्यमादेखि आचार्यसम्मको अध्ययन भने श्री हरिवेद विद्यालयले भारतको सम्पूर्णानन्द विश्वविद्यालय बृन्दावनस्थित विद्यालयमा अध्ययन अध्यापन गराउने सो विद्यालयले जनाएको छ ।

वैदिक अनुशासनमा रहने सबै जातजातिका विद्यार्थीलाई श्रीहरिवेद विद्यालय खुल्ला रहेको सम्भवत नेपालमा यो पहिलो भएको दाबी गरिएको छ ।

यसैगरी, भारतका विभिन्न स्थानबाट आठवटा गाई ल्याएर सुरू गरिएको गौशालामा यतिबेला नेपाललगायत भारतकै नागाल्याण्ड, मद्रास, मणिपुर, बृन्दावन, हरियाणाका उन्नत तथा स्थानीय जातका गाई छन् । अहिले १ सय ५० भन्दा बढी गाई रहेका छन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर