newskoseli.Com

तरकारी आयात–निर्यात : नेपालीलाई सास्ती, भारतीयलाई मस्ती…

तरकारी भारतबाट नेपालमा मात्र आउँदैन, नेपालबाट भारततिर पनि जान्छ । तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीहरुबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन् ।

भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ । भारतको पनि सीमा नजिक क्वारेन्टाइन प्रयोगशाला छैन । नेपाली व्यवसायीले नमूना परीक्षण गराउन कोलकाता पुग्नुपर्छ । दसदेखि १५ दिनमा मात्र रिपोर्ट हात लाग्छ । भारतले दिने गरेका यस्ता सास्तीबारे भने नेपाल सरकारले कुनै चासो दिएको छैन ।

नमूना परीक्षण गर्न लैजाँदा नेपाली उत्पादन सीमा नाकामै रोक्ने गरिएको छ । त्यस अवधिका धेरै कृषिजन्य वस्तुको गुणस्तर घट्ने र गुम्सिएर कुहिने गरेको नेपाली व्यापारी बताउँछन् । भारतले कृषिजन्य वस्तुको परीक्षण गर्न थालेको करिव ६ वर्ष भइसकेको छ ।

पूर्वी नाका झापाको काँकडभिट्टा र मोरङको विराटनगरबाट भारत निकासी गर्ने कृषिजन्य वस्तुको नमूना कोलकाता लैजाँदा व्यापारीको ठूलो खर्च समेत हुने गरेको छ । ‘हामीले लगेका कृषिजन्य वस्तुको भारतीय सीमामा परीक्षण हुँदैन, कोलकाताको प्रयोगशालामा लगेर परीक्षणपछि रिपोर्ट ल्याउनुपर्छ । त्यति काम सकिन १५ दिनसम्म लाग्ने गरेको छ’– विराटनगरका व्यापारी अनिश श्रेष्ठले भनेको खबर रविन भट्टराईराधा खनालको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर