newskoseli.Com

‘क्लिन फिड’ मा सहमति : नयाँमा तत्काल, पुरानामा एक वर्षपछि लागू हुने

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित टेलिभिजन सिग्नल प्रसारण (क्लिन फिड) कानुन बनेको एक विर्षपछि लागू गर्ने गरी सहमति जुटाएको छ ।

विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा समितिले शुक्रबार पुराना टेलिभिजन सिग्नल डिस्ट्रिब्युटरको हकका लागि एक वर्ष र नयँँ टेलिभिजन सिग्नल डिस्ट्रिब्युटका लागि कानुन लागू भएपछि नै कार्यान्वयन हुने व्यवस्था राख्ने सहमति गरेको हो ।

‘विधेयक पारितपछि राजपत्रमा सूचना प्रकाशित भएको एक वर्षपछि पुराना टेलिभिजन सिग्नल डिस्ट्रिब्युटको हकमा लागू हुने र नयाँका लागि राजपत्रमा सूचना प्रकाशित भए लगत्तै लागू हुने व्यवस्था गरेका छौं’– समितिकी सभापति कल्याणी खड्काले भनिन् ।

सरकारले ल्याएको प्रस्तावित विधेयकको दफा ६ मा क्लिन फिड ‘तोकिएको मितिदेखि लागू हुने’ व्यवस्था राखिएकोमा त्यसले तीव्र विवाद सिर्जना गरेको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर