newskoseli.Com

केशव घिमिरेले ल्याए ‘यस्तो हुन्तो’ बोलको तीज गीत (भिडियाेसहित)

नेपाली महिलाहरुको महान् चाड तीजको अवसरमा लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले ‘यस्तो हुन्तो’ बोलको तीज गीत बजारमा ल्याएका छन् ।

चन्दन म्युजिक प्रा.लि. ले उत्पादन तथा वितरण गरेको यस गीतमा केशव घिमिरेकै शब्द र लय रहेको छ । केशव घिमिरे र शर्मिला गुरुङको स्वरलहरीमा सजिएको यस गीतको श्रब्य–दृश्यलाई गणेश सापकोटाले क्यामरामा कैद गरेका हुन् । केशव घिमिरेकै निर्देशन एवं सुवास अमगाईंको सम्पादनमा तयार भएको यस गीतमा ‘फलानो क्रियसन’ ले दृश्य निर्माण गरेको हो । ‘चन्दन म्युजिक’ नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको यस भिडियोमा मनिषा गौतमको उत्कृष्ट नृत्य तथा संगीता सुवेदी, भगवती कार्की, विकास कार्की र घिमिरेको अभिनय हेर्न पाइन्छ ।

पर्वतको कार्कीनेटामा जन्मिएका घिमिरे युवा व्यवसायी समेत हुन् । १६–१७ वर्षदेखि पोखरामै बसेर सांगीतिक क्षेत्र र व्यवसायमा निरन्तर लागिरहेका उनले १ सय ५० भन्दा बढी गीत बजारमा ल्याइसकेका छन् ।

‘यस्तो हुन्तो’ तीज गीत हेर्नोस् तलको भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर