newskoseli.Com

कति तात्दैछ पृथ्वी ? यस्तो छ काठमाडौंको अवस्था…

जलवायु परिवर्तनका कारण विश्वको तामक्रम बढ्दै गएको छ । सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना सावित भएको छ । वैज्ञानिकहरूले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन् ।

तीव्र औद्योगिकीकरणका कारण सन् १८५० देखि १९०० को अवधि अत्यधिक तातेको थियो । त्यसयता १ डिग्री सेल्सियस तापक्रम बढिसकेको छ । यसलाई वैज्ञानिकले अत्यन्त जोखिमपूर्ण मानेका छन् ।

काठमाडौंको दस वर्षको औसत तापक्रम जुलाईमा २२.५ डिग्री सेल्सियस छ भने जनवरीमा ८ डिग्री सेल्सियस । यहाँको तापक्रम तीव्र गतिमा बढ्दो छ । त्यसलाई रोक्न पर्याप्त मेहनत पुगेमा पनि सन् २१०० मा जनवरीमा ९.५ र जुलाईमा २३.४ डिग्री पुग्ने प्रक्षेपण गरिएको छ ।

त्यसका लागि ग्रीनहाउस ग्यास उत्सर्जन बढाउनुपर्ने हुन्छ । निम्नमध्यमस्तरीय मेहनत भएमा जनवरीमा ४.१ र जुलाईमा २.८ सेल्सियस तापक्रम थपिनेछ । उच्चमध्यम सफलता भएमा जनवरीमा ४.६ र जुलाईमा ३.५ तथा खराब अवस्थामा जनवरीमा ७.६ र जुलाईमा ५.२ डिग्री सेल्सियस तापक्रम बढ्ने छ । त्यस अवधिमा विश्वको तापमान वृद्धि औसत ३ देखि ५ डिग्री हुने खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर