newskoseli.Com

जंगलमै हुर्केर तान्जानियाँ हुँदै अमेरिकातर्फ (भिडियोसहित)

नेपाली समाज र राजनीतिलाई नितान्त नयाँ मोड दिँदै राजतन्त्रात्मक संसदीय व्यवस्था समाप्त पारी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका निर्वाह गरेको दसवर्षे जनयुद्धका अनेकौं आयाम छन् । १ फागुन, २०५२ मा सुरु भई २०६३ को उत्तरार्द्धसम्म चलेको जनयुद्धलाई हेर्ने, बुझ्ने र मूल्यांकन गर्ने विभिन्न दृष्टिकोण, धारणा र मान्यता पनि आ–आफ्ना ठाउँमा छँदैछन् ।

जनयुद्धको यो कालखण्डमा अनेकौं कहालीलाग्दा घटना–दुर्घटना, शौर्य, वीरता र वलिदानका अनेकौं कीर्तिमान् तथा आजको समाज र पुस्ताले पत्याउन समेत मुस्किल पर्ने अनगिन्ती घटना–परिवेशहरु सिर्जित भए । करिव १७ हजार नेपाली नागरिकले ज्यान गुमाएको जनयुद्धकालमा हजारौं योद्धा बेपत्ता भए भने हजारौंले अंगभंग भई जीवनभर घाइते–अपांग बन्नुपर्यो । हजारौं–हजार बालबालिकाले अभिभावक गुमाए भने ।

दसवर्षे जनयुद्धकालका यस्तै एउटा उदाहरण हुन्– दैलेखका राजन रिजाल । दुई वर्षको उमेरमै आमा रुपसी रिजाललाई सेनाले कब्जामा लिएपछि जीवनभर राजनको आमासँग पुनर्मिलन भएन । जनयुद्धमा सक्रियतापूर्वक सहभागी राजनका बुबा नवीनले भूमिगत रूपमै उनलाई पार्टीकाे बालआश्रयस्थलमा लगे । त्यहीं हुर्के–बढेका राजन दाङस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरी पोखरामा एघारौं कक्षा पढ्ने सुरसार गर्दागर्दै युनाइटेड वर्ल्ड कलेज (युडब्ल्युसी) को छात्रवृत्तिमा तान्जानिया गई पढ्ने अवसर पाए । उनका निम्ति त्यहाँबाट उच्चमाध्यमिक शिक्षा पूरा गरेर छात्रवृत्तिमै उच्च शिक्षाका लागि अमेरिका जाने बाटो खुलेको छ ।

यसै सिलसिलामा राजन साेमबार (२० साउन, २०७६) मा तान्जानिया प्रस्थान गरेका छन् । एक युद्धपीडित बालकले प्राप्त गरेको यो अवसर र त्यस क्रममा भोगेको संघर्षपूर्ण कथा–व्यथाको विवरण हेर्नोस् तलको भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर