newskoseli.Com

हजारौं एप्सलाई फेसबुकले किन गर्‍यो निलम्बन ?

सामाजिक सञ्जाल फेसबुकले हजारौं ‘एप्स’ लाई ‘निलम्बन’ (सस्पेन्ड) गरेको छ । मार्च, २०१८ को क्याम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण अध्ययनका लागि ती एप्सलाई निलम्बन (सस्पेन्ड) गरिएको फेसबुक कम्पनीले जनाएको छ ।

निलम्बनमा परेका एप्समध्ये झन्डै चार सय सफ्टवेयर निर्माता छन् । आफ्ना प्रयोगकर्तासँग सम्बन्धित विवरणहरु चोरी हुने गरी भएको ‘क्याम्ब्रिज काण्ड’ पछि फेसबुकले ती एप्सहरुलाई निलम्बन गरेको हो । सबै एप्स जोखिमपूर्ण नभएको फेसबुकले स्पष्ट पारेको छ । सन् २०१८ मा ‘क्याम्ब्रिज एनालिटिका’ नामक कम्पनीले धेरै फेसबुक प्रयोगकर्ताको विवरण चोरेको तथ्य बाहिरिएको थियो ।

निलम्बनमा परेका एप्स तथा शङ्कास्पद निर्माताबारे फेसबुकले कुनै जानकारी दिएको छैन । निलम्बनमा पर्दैमा एप्सले मानिसलाई जोखिममा पारेको निश्कर्ष निकाल्न नमिल्ने फेसबुकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । फेसबुकबाट लिइएको विवरण अरूलाई दिएको वा मानिसको परिचय खुल्ने गरी सार्वजनिक गरेको पाइएपछि केही एप्सलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको कम्पनीले जनाएको छ ।

थप यो पनि पढ्नुहोस्–
फेसबुक बरदान कि अभिशाप ? कयौं कीर्ति, कयौं विकृति

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर