newskoseli.Com

बलिउड ‘हिरो’ धर्मेन्द्रलाई डेंगु : सनी देओल स्याहारमा व्यस्त !

बलिउड अभिनेता धर्मेन्द्रलाई डेंगु संक्रमण भएको छ । डेंगुको संक्रमण देखिएपछि उनलाई मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तीन दिनको अस्पताल बसाइपछि उनी अस्पतालबाट डिस्चार्ज भएर घर फिर्ता भएका छन् । जेठा छोरा सनी देओलले उनलाई घर लिएर गएका हुन् । धर्मेन्द्र यतिबेला घरमा आराम गरिरहेका छन् । सनी देओल पनि धर्मेन्द्रको साथमै रहेर स्याहारमा व्यस्त भैरहेको बताइएको छ ।

अघिल्लो महिना उनका नाति करण देओलको चलचित्र ‘पल पल दिल के पास’ प्रदर्शन भएको थियो । उक्त चलचित्रको प्रमोसनका लागि उनी विभिन्न मञ्चहरुमा पुगेका थिए । प्रमोसनका लागि कमेडियन कपिल शर्माको कमेडी सो ‘द कपिल शर्मा सो’ मा समेत पुगेका थिए धर्मेन्द्र ।

सन् २०१८ मा प्रदर्शनमा आएको चलचित्र ‘यमला पगला दिवाना फिर से’ मा धर्मेन्द्र पछिल्लो पटक देखिएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर