newskoseli.Com

छविकी ‘कान्छी’ पक्राउ पर्दै : ‘नायिका’ शिल्पालाई समाउन सर्वोच्चद्वारा बाटो खुला

बहुविवाहको विवादमा मुछिएकी सिनेअभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न कानुनी बाटो खुलेको छ । सर्वोच्च अदालतको आदेशपछि उनलाई पक्राउ गर्न बाटो खुलेको हो ।

अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध दायर गरेको रिट निवेदनका कारण उनी पक्राउ पर्नबाट जोगिँदै आएकी थिइन् । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबारे सो रिट खारेज गरिदिएपछि अब उनी पक्राउ पर्ने भएकी हुन् ।

यसअघि काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी कार्यान्वयन नगर्न प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो । मंगलबार सर्वोच्चले सो अन्तरिम आदेश र शिल्पाको रिट निवेदन दुवै खारेज गरिदिएको छ । फिल्म निर्माता छवि ओझासँगको विवादमा ओझाकी जेठी श्रीमती हेमाकुमारीले शिल्पाविरुद्ध बहुविवाहको जाहेरी प्रहरीमा दिएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पुर्जी जारी भएपछि बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो ।

अभिनेत्री पोखरेलले जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदन अस्वीकार गर्दै उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेपछि शिल्पाले वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी थिइन् । सोही निवेदन मंगलबार खारेज भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर