newskoseli.Com

आस्था राउत छुटिन् धरौटीमा (भिडियोमा हेर्नोस् भएको के थियो ?)

‘अभद्र व्यवहार कसुर’ अन्तर्गतको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको मंगलबारको इजलासले राउतलाई ४ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा भएको घटनालाई लिएर गायिका राउतले प्रहरी सङ्गठनलाई नै गालीगलौज गरेपछि प्रहरीले कारबाही प्रक्रिया थालेको थियो । सोमबार मात्रै प्रशासन कार्यालयबाट चार दिनको म्याद लिएर अनुसन्धान थालेको प्रहरीले अनुसन्धानमा सहयोग गरेको र गल्तीको महशुस गरेको भन्दै मंगलबार नै अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयलाई मिसिल बुझाएको हो ।

गायिका राउतले आफूलाई विमानस्थलमा रहेकी महिला प्रहरीले ‘तँ’ भनेर दुर्व्यवहार गरेको भन्दै अघिल्लो हप्ता सामाजिक सञ्जाल (फेसबुक पेज) मार्फत प्रहरीलाई गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त घटनाको सीसी टिभी फुटेज सार्वजनिक गर्दै प्रहरीले प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिएको दावी गरेको थियो । आफूले गल्ती नै गरेको गायिका राउतले रिहापछि स्वीकार गरेको खबर राससले प्रेषित गरेको छ ।

भिडियोमा हेर्नोस् विमानस्थलमा भएको के थियो र आस्थाले के भनेकी थिइन् ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर