
चालू आर्थिक वर्षमा सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट सेवा (ब्रोडब्यान्ड) पुग्ने भएको छ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत् सबैजसो दुर्गम भेगमा ब्रोडब्यान्ड पुर्याइसकेको छ ।
यद्यपि, १२ वटा जिल्लामा भने ब्रोडब्यान्ड कनेक्सन पुर्याउने प्रक्रिया जारी नै रहेको छ । अझै पनि आर्थिक वर्षको ६ महिना बाँकी रहेको हुँदा ती क्षेत्रमा पनि ब्रोडब्यान्ड पुग्ने प्राधिकरणको ठम्याइ छ ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने– ‘सबै स्थानीय तहका वडा कार्यालय, स्वास्थ्य केन्द्र तथा सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने कार्य आगामी वर्षभित्र सम्पन्न हुनेछ ।’ देशभर ब्रोडब्याण्ड इन्टरनेट सेवा पुग्ने यो खबर पूर्णभक्त दुवालको बाइलाइनमा शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।