newskoseli.Com

प्रधानमन्त्रीको साइटभरि अश्लील भिडियो : कसरी भयो डोमेन दुरुपयोग ?

प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ । उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट, कसले अपलोड गर्‍यो भन्ने खुल्न सकेको छैन ।

केपीशर्माओली डटकममा अश्लील सामग्री राखिएको बारे सरकारले अनुसन्धान तीब्र बनाएको छ । सुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट लामो समयदेखि दुरुपयोग भएको पाइएको छ । सरकारले दुई वर्षअघि पोर्न साइटलाई प्रतिबन्ध लगाएको थियो । प्रधानमन्त्रीकै नामको डोमेनमा भने सयौं पोर्न भिडियो अपलोड भएका छन् ।

आईटी कम्पनी सञ्चालकका अनुसार सरकारले यो वेबसाइट नेपालभर नखुल्ने बनाउन सक्छ । तर, यो मात्र समाधान भने होइन । यो डोमेन प्रधानमन्त्रीका नाममा भएकाले यसको असर अन्तर्राष्ट्रिय क्षेत्रसम्मै रहन्छ । नेपालमा नदेखिने बनाउने भन्दा पनि सरकारले यो डोमेन प्रदायक कम्पनीसँग समन्वय गरी फिर्ता गर्नुपर्ने आईटीविज्ञको सुझाव छ ।

के गर्दैछ प्रधानमन्त्रीको सचिवालय ?

प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर कसैले दुरुपयोग गरेको स्वीकार गर्छन् । ‘प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर गलत काम गर्ने व्यक्तिको खोजी भइरहेको छ । यस विषयमा प्रहरीसँग समन्वय गरेका छौं,’ उनी भन्छन्– ‘डटएनपी भए हामी सिधै बन्द गर्न सक्थ्यौं तर डटकम भएकाले सम्भव छैन ।’

उनका अनुसार यो साइट नेपालमा बन्द गर्ने तयारी छ । ‘इन्टरनेट कम्पनीसँग सहकार्य गरी नेपालभित्र बन्द गर्ने प्रक्रिया सुरु भएको छ’– उनी भन्छन् । नेपालको निजी क्षेत्रको इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकले भने यो साइट बन्द गरेको खबर दिनेश लुइँटेलको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर