newskoseli.Com

कोरोना अपडेट : कहाँ कस्तो प्रभाव ? इटाली र स्पेन बढी प्रभावित (तथ्यांकसहित)

यतिबेला युरोपियन राष्ट्रहरुमा नोबेल कोरोनाभाइरस (कोभिड– १९) तीब्र गतिमा फैलिइरहेका छ । विश्वभर हालसम्म करिव ३ लाख ३६ हजार व्यक्ति कोरोना संक्रमित देखिएका छन् र १४ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

सबैभन्दा धेरै प्रभावित इटालीमा सोमबार भने अघिल्लो दिनको तुलनामा मृत्युदर केही घटेको छ । सोमबार मात्रै पनि ५ हजारभन्दा बढी थप संक्रमित फेला परेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार इटालीमा आइतबारसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ । त्यहाँ स‌ंक्रमितको संख्या ५९ हजार १ सय ३८ पुगेको छ र थप ६ सय ६५ संक्रमितको शनिबारदेखि आइतबारसम्ममा मृत्यु भएको छ ।

अर्को युरोपियन राष्ट्र स्पेन इटालीपछिको बढी कोरोनाको प्रभावित मुलुक बनेको छ । सञ्चार माध्यमहरुले उल्लेख गरेअनुसार स्पेनमा आइतबार थप ३ सय ९३ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् । साढे २८ हजारभन्दा बढी संक्रमित रहेको स्पेनमा यसबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ७५ पुगेको छ ।

एसियामा चीनपछि सबैभन्दा बढी प्रभावित बनेको इरानमा पनि कोभिड– १९ बाट ज्यान गुमाउनेको संख्या उच्च छ । साढे २१ हजारभन्दा बढी संक्रमित भैसकेको इरानमा यसबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ८५ पुगेको छ ।

कोरोनाभाइरसको उद्गमस्थल मानिएको चीनमा भने नयाँ संक्रमित भेटिने र मत्यु हुने दर निकै कम भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आइतबार सार्वजनिक गरेको रिपोर्टअनुसार थप ३९ जना संक्रमित भेटिएका छन् । २४ घन्टाको अवधिमा ९ जना संक्रमितको मत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै चिनियाँ टेलिभिजन सीजीटीएनले जनाएको छ । केही पहिले नै संक्रमण पुष्टि भएर उपचार जारी रहेका चिनियाँ बिरामीहरु भाइरसमुक्त भई निको हुनेको संख्या पनि बढिरहेको छ ।

यस्तो छ, धेरै प्रभावित देशको तथ्यांक–

इटाली– संक्रमितः ५९,१३८, निको भएकाः ७,०२४, मृत्युः ५,४७६

चीन– संक्रमितः ८१,४३२ निको भएकाः ७२,८३१, मृत्युः ३,२७४

स्पेन– संक्रमितः २८,७६८ निको भएकाः २,५७५, मृत्युः १,७७२

इरान– संक्रमितः २१,६३८ निको भएकाः ७,९३१, मृत्युः १,६८५

फ्रान्स– संक्रमितः १६,०४४, निको भएकाः २,२००, मृत्युः ६७४

अमेरिका– संक्रमितः ३३,२७६, निको भएकाः १७८, मृत्युः ४१७

बेलायत– संक्रमितः ५,७४१, निको भएकाः ८७, मृत्युः २८२

दक्षिण कोरिया– संक्रमितः ८,८९७, निको भएकाः २,९०९, मृत्युः १०४

जापान– संक्रमितः १,०८६, निको भएकाः २३५, मृत्युः ४०

भारत– संक्रमितः ३९६, निको भएकाः २७, मृत्युः

यो पनि पढ्नुहोस्–
काठमाडौंमै कोरोना संक्रमित फेला, धैर्यता नगुमाउन स्वास्थ्यमन्त्रीकाे अपिल (भिडियाेसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर