newskoseli.Com

कोरोना महामारीबारे वरिष्ठ डाक्टरले गरे महत्त्वपूर्ण खुलासा (भिडियाेसहित)

नेपालका एक वरिष्ठ डाक्टरले कोरोनाभाइरसको महामारीबारे केही नयाँ तथ्य, आधार र कारणहरुको खुलासा गरेका छन् । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोनाभाइरसका कयौं आयामबारे काठमाडौं मेडिकल कलेजको सामुदायिक चिकित्सा विभागका प्रमुख प्रा.डा. सुनिलकुमार जोशीले यस्ता तथ्यहरुको खुलासा गरेका हुन् ।

बिहीबार आफ्नै कार्यकक्षमा न्युजकोसेलीसँग कुरा गर्दै कोरोनाको विश्वव्यापी सन्दर्भ, नेपालको परिवेश, संक्रमणका माध्यमहरु, यसबाट बच्ने उपाय, सावधानीका विधि, आर्थिक–सामाजिक परिवेशले पारेको प्रभाव, बालबालिका–महिला–पुरुषबीच देखिएको संक्रमण र मृत्यु अनुपातको अन्तरजस्ता पक्षमा प्रा.डा. जोशीले प्रकाश पारे । फोक्सो, मुट, मिर्गौला र कलेजोको कार्यप्रणाली तथा कोरोना संक्रमणका कारण तिनमा पर्ने प्रभाव र देखिने असरका लक्षणबारे समेत उनले प्रष्ट्याए । कोरोना महामारीका बीच काम गरिरहेका स्वास्थ्यकर्मीहरुले अपनाउनुपर्ने सावधानी, त्यसबाट बिरामी र समग्र समाजलाई जोगाउने उपायबारे पनि प्रा.डा. जोशीले खुलाए ।

महामारीको घडीमा अपनाउनुपर्ने जीवनशैली, रहनसहन र खानपान, सरसफाइ, हिँडडुल र आउजाउ, दैनिक जीवन सञ्चालनमा अपनाउनुपर्ने सजगताबारे उनले विस्तृतमा प्रकाश पारे । सरकारी र निजी स्वास्थ्य संस्थाको कर्तव्य, नीतिगत व्यवस्था र आवश्यकताका सम्बन्धमा पनि उनले सरोकारवालाहरुलाई सचेत गरसए । धूमपान र मद्यपान, दीर्घरोग, नियमित बिरामीहरुले ध्यान दिनुपर्ने विषय आदिजस्ता महत्त्वपूर्ण पक्षमा पनि उनले सविस्तार चर्चा गरे ।

भिडियोमा हेर्नोस् डा. जोशीसँगको राेचक अन्तर्वार्ता–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर