newskoseli.Com

‘टाढा टाढा…’ गीतको म्युजिक भिडियो सार्वजनिक

म्युजिक नेपालले गायिका रीता केसीको स्वरमा सजिएको नेपाली आधुनिक गीत ‘टाढा टाढा…’ को अडियो एवं भिडियो हालै बजारमा ल्याएको छ ।

गीतकार दधि अधिकारीको शब्दरचनामा सिर्जित सो गीतलाई सुधिर अधिकारीले संगीतबद्ध गरेका हुन् । निर्देशकद्वय सुधिर अधिकारी र शाम्भवी अधिकारीद्वारा निर्देशित सो भिडियोमा मोडल पवन अधिकारी, रितु केसी र प्रज्ञा गौतमको मार्मिक अभिनय देख्न पाइन्छ ।

अर्थशास्त्र विषयमा विद्यावारिधीरत गीतकार दधि अधिकारी, अर्थशास्त्र विषयमै एमफिल अध्ययनरत एवम् प्राध्यापनरत संगीतकार सुधीर अधिकारी र मोडल पवन अधिकारी, संगीत विषयमा एम.म्युज. सम्मको अध्ययन गरेकी गायिका रीता केसीलगायतको उच्च प्राज्ञिक संयोजन यस गीतको रोचक पक्ष रहेको छ ।

सबै क्षेत्रमा अब्बल सावित भएका स्रष्टा–सर्जको यो सिर्जनाले श्रोता र दर्शकबीच निकै राम्रो प्रभाव बसाल्ने सर्वत्र अपेक्षा गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर