newskoseli.Com

अमिताभ बच्चनलाई कोरोनाभाइरस : भने– ‘सम्पर्कमा आएका सबैले परीक्षण गर्नुहोला’

चर्चित भारतीय सिनोअभिनेता अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ‘ट्विटर’ मार्फत उनी आफैंले यसबारे जानकारी गराएका हुन् ।

शनिबार राति ११ः०७ मा उनले ‘ट्विटर’ मा लेखेका छन्– ‘मलाई कोरोना पोजेटिभ पुष्टि भएको छ । म अस्पताल भर्ना भइसकेको छु । मेरो परिवारका सदस्य र स्टाफहरुको पनि परीक्षण भएको छ र उनीहरुको रिपोर्ट आउन बाँकी नै छ । पछिल्ला १० दिन मेरो सम्पर्कमा आएका सबैलाई आ–आफ्नो परीक्षण गराउन अनुरोध गर्दछु ।’

वच्चनलाई शनिबार साँझ नानावती अस्पतालमा भर्ना गरिएको छ । अमिताभका छोरा अभिषेक बच्चनलाई पनि कोरोनाको सामान्य लक्षण देखिएको छ । परीक्षणको रिपोर्ट आउनुअघि नै उनलाई समेत अस्पताल भर्ना गर्ने तयारी भैसकेको छ ।

यस्ताे छ वच्चनकाे ‘ट्विट’–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर