newskoseli.Com

‘यहाँ यस्तै हो’ : एसईईको नतिजामाथि हास्यकलाकारको कडा व्यंग्य (भिडियाे)

विश्वभर कोरोना महामारीले उग्र रुप लिइरहेको यसबेला मनोरञ्जनका प्रायः माध्यमहरु बन्द छन् । तर, यसैबेला ‘एक्सन फिल्म्स् प्रा.लि. ले भने माध्यमिक शिक्षा परीक्षा एसईईको विषयवस्तुमा आधारित वेब सेरिज ‘यहाँ यस्तै हो’ डिजिटल माध्यमबाट दर्शक–श्रोतामाझ ल्याएको छ ।

युवराज खत्रीको निर्देशनमा ‘सक्किगोनि’ का चर्चित हाँस्यकलाकार सुबोध गौतम अर्थात एदुमेले यस श्रृंखलामा मुख्य भूमिका निर्वाह गरेका छन् । सुबोधको फिचरिङका साथ यो श्रृंखलामा सपना खत्री रिमाल, कौशल दंगाल, मनिता रेग्मी, रेश्मा श्रेष्ठलगायतका कलाकारहरुको अभिनय देख्न पाइन्छ ।

नवराज उप्रेतीको कथामा रेशम प्रधानको संगीतले सजिएको यो सेरिजलाई टेक अधिकारि, नवराज उप्रेती र युवराज खत्रीले निर्माण गरेका हुन् । यसको छायांकन तथा सम्पादन निर्देशक खत्री आफैंले गरेका हुन् ।

प्रत्येक हप्ता शुक्रबार साँझ ५ बजे एक्सन फिल्मसको अफिसियल युट्युब च्यानलबाट प्रसारण हुने यो श्रृंखलाले हरेक हप्ता समाजमा घटेका समसामयिक विषयवस्तुमा आधारित रहेर दर्शक–श्रोतालाई भरपूर मनोरञ्जन दिने निर्देशक खत्रीको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर