newskoseli.Com

१ बजे सचिवालय र २ बजे मन्त्रिपरिषद बैठक : राष्ट्रपतिकहाँ प्रधानमन्त्री ओली, कता जाँदैछ नेकपाको कलह ?

फाइल तस्बिर

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गतसाता शुक्रबार नै निर्धारित सचिवालयको बैठक मंगलबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । मंगलबार बिहानै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष खड्ग ओलीले भने ठ्याक्कै सोही समय जुधाएर मन्त्रिपरिषद् बैठक बसाल्ने सूचना गरेका थिए । तर, केही बेरपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक १ घन्टा पछि सारेर दिउँसो २ बजेका लागि तोकेका छन् ।

नेकपाभित्र आन्तरिक अन्तर्संघर्ष उत्कर्मा पुगेका बेला समग्र राष्ट्रकै ध्यान खिँचेका उक्त दुई बैठकको लगत्तै अघि प्रधानमन्त्री ओली भने राष्ट्रपति निवास पुगेका छन् । यसअघि सोमबार साँझ कार्यकारी अध्यक्ष प्रचण्ड समेत राष्ट्रपति निवास पुगेका थिए ।

अघिल्लो शुक्रबार (२८ कात्तिकमा) बसेको सचिवालय बैठकमा सो पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘ओली प्रवृत्ति’ को सविस्तार व्याख्या गर्दै लिखित प्रस्ताव प्रस्तुत गरेको र अबको बैठकमा त्यसमाथि छलफल र निर्णय हुन लागेको सन्दर्भमा प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओली पक्षधरहरूले तीव्र विरोध गर्दै सो प्रस्ताव फिर्ता लिन माग गरेका छन् । यदि प्रस्ताव फिर्ता नलिइए आफूहरू बैठकमा सहभागी नहुने र प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा उठाइएका प्रश्न र गरिएका आलोचनाहरूको जवाफ समेत नदिने चेतावनी प्रधानमन्त्री ओलीले यसअघि नै दिइसकेका छन् ।

कतिपयले अब नेकपाको विभाजन कसैले रोक्न नसक्ने आँकलन गरिरहेका छन् भने कतिपयले प्रधानमन्त्री ओली र उनी पक्षधरहरूको राजनीतिक भविष्य समाप्त हुने टिप्पणी गरेका छन् । कतिपयले भने ओली–नेपाल पक्ष फेरि पनि स–साना आश्वासनमा फसेर ‘ब्याक’ हुने दावी गरिरहेका छन् त कतिपयले दल विभाजन गर्न सहज हुने गरी अध्यादेश जारी हुने, संकटकाल लगाइने र संसद विघटन हुनेसम्मका चर्चा गरिरहेका छन् ।

यसै परिवेशबीच नेकपाका दोस्रो र तेस्रो पुस्ताका नेताहरूले विवाद समाधानका उपायहरूको खोज्न भन्दै आ–आफ्ना तर्फबाट पहल तीव्र पारिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, चिनिया राजदूत होउ यान्छी र अरू कतिपय कूटनीतिक नियकायले पनि पहल तीव्र पारेका छन् । सत्ताधारी पार्टीभित्रकै कतिपय मझौला नेताहरू भने एक–एर्को पक्षका विरूद्ध तीव्र गालीगलौजमा उत्रिइरहेका छन् ।

यी सामग्री पनि पढ्नुहोस्–
‘हम्मर हानिरहे ओलीले, घनले नै बजाइदिए प्रचण्डले !’

सचिवालयमा प्रस्तुत प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
ओलीविरूद्ध प्रचण्डको ‘लेटर बम’ (पत्रको पूर्णपाठ)
यस्तो छ ओलीले प्रचण्डलाई लेखेको दसपाने चिठी (पूर्णपाठ)
यस्ता रहेछन् प्रचण्डका ‘भित्री कुरा’ : नेकपाको अन्तर्कलह
‘ओली प्रवृत्ति’ बारे प्रचण्डको प्रस्ताव : बचाउ गर्दै बाेले वामदेव, शंकर भन्छन् फिर्ता लिइयोस्

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर