newskoseli.Com

मिस नेपाल, २०२० की आठौं प्रतिस्पर्धी सिजा चौलागाईं

विगत वर्षहरुमा झैं यसपालि पनि मिस नेपाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताका सहभागीमध्ये अन्तिम चरणमा सहभागी हुने ‘टप– २१’ को छनोट भइसकेको छ ।

गुन्सी भदौरे गाविस– ३, रामेछाप (हाल सुनापति गाउँपालिका– १) मा १८ कात्तिक, २०५३ मा जन्मिएकी सिजा चौलागाईं यस प्रतियोगिताकी नम्बर ८ प्रतिस्पर्धी हुन् । मिस नेपाल २०२० का उत्कृष्ट २१ मध्येकी एक सिजाले बीबीएसम्मको अध्ययन पूरा गरेकी छन् ।

नयाँ–नयाँ विषयप्रति असाध्यै चासो दिने चौलागाईं साहसी युवती हुन् । खेलकुदप्रति पनि निकै रुचि राख्ने सिजाले उच्च माध्यमिक तहको अध्ययनकै क्रममा बास्केटबल खेलाडीका रुपमा परिचय बनाइसकेकी छन् ।

हाल राजधानीको बालाजुमा बस्दै आएकी सिजाले मिस नेपाल, २०२० को ताज पहिरिएर सामाजिक कार्यमा सक्रिय हुन चाहेको न्युजकोसेलीलाई बताइन् ।

यसो भन्छिन् सिजा, हेर्नोस् भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर