newskoseli.Com

मथुरामा झडप, एसपीसहित १४ जनाको मृत्यु

भारतको उत्तरप्रदेशस्थित मथुरामा अतिक्रमित जमिन खाली गराउन परिचालित प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा एक एसपीसहित १४ जना मारिएका छन् ।

अतिक्रमित जमिन खाली गराउन पुगेको प्रहरी टोली र स्थानीयबीच झडप भइरहेका बेला एक्कासी गोली चलेको बताइएको छ । गोली लागेर एसपी मुकुल द्विवेदी र सन्तोषकुमार यादवसहित १४ जना मारिएका छन् ।

घटनामा एक सयभन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच मुख्यमन्त्री अखिलेश यादवले मृतक प्रहरीलाई सहिद घोषणा गर्दै २० लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

स्थानीय प्रशासनले जवाहरबाग क्षेत्रको सरकारी जग्गा अतिक्रमण गरेर बसेको बस्तीमा ‘आजाद भारत विविध वैचारिक सत्याग्रही’ नामको संगठनको प्रभाव छ । उच्च अदालतको आदेशअनुसार स्थानीय प्रशासन विगत दुई महिनादेखि जमिन खाली गराउने प्रयासमा थियो । सोही तयारीअनुसार गएराति ११ बजे प्रहरी र सरकारी अधिकारीहरुको टोली जवाहरबाग पुगेको थियो ।

प्रहरीले अतिक्रमणमा परेको २ सय एकड जग्गा खाली गराएको र सर्च अपेरेसन गर्दा हतियारको भण्डारसमेत फेला परेको दाबी स्थानीय प्रशासनले गरेको छ ।

जमिन कब्जा गरेको सत्याग्रही संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको चुनाव रद्द गर्न, एक रुपैयाँमा पेट्रोल ६० लिटर र डिजेल ४० लिटर बिक्री गर्न माग गर्दै आएको छ । सो संगठनले आफ्ना माग सम्बोधन गराउन दबाब दिने उद्देश्यले सन् २०१४ जनवरी ११ देखि जवाहरबागमा धर्ना दिइरहेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर