newskoseli.Com

मैत्रीपूर्ण फुटबलमा इङ्ल्याण्डद्वारा पोर्चुगल पराजित

युरोकप फुटबलको तयारीमा रहेका इङ्ल्यान्ड र पोर्चुगलबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा इङ्ल्यान्डले बाजी मारेको छ ।

इङ्ल्यान्डको वेम्बले रंगशालामा गएराति भएको खेलमा घरेलु टोली १–० ले विजयी भएको हो ।

खेलको ३५ औं मिनेटमै बु्रनो आल्भेस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्चुगल १० जनामा समेटियो । खेल सकिन ४ मिनेट बाँकी छँदा क्रिश स्मलिङले गोल गरेपछि इङ्ल्यान्ड १–० ले विजयी भएको हो ।

जितसँगै इङ्ल्यान्डले युरोकप फुटबल प्रतियोगिता अघिका सम्पूर्ण अभ्यास खेल टुंग्याएको छ ।

मैत्रीपुर्ण फुटबल अन्तर्गत गएराति नै भएको अर्को खेलमा मेक्सिकोले चिलीलाई १–० ले हराएको छ । यसैगरी अर्मेनियाले एल साल्भाडोरलाई ४–० ले हराउँदा ईरानले मेसेडोनियालाई ३–१ ले हरायो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर