newskoseli.Com

सन्नी लियोनीले ठगिन् २९ लाख भारु !

बलिउड नायिका सन्नी लियोनी आजकल केरलमा छुट्टी मनाइरहेकी छन् । छुट्टी मनाइरहँदा उनी केरल क्राइम ब्रान्चसँग सामना गरिरहेकी छन् । सन्नी लियोनीमाथि ठगीको आरोप लागेको छ । नायिका लियोनीमाथि केरल क्राइम ब्रान्चले यो विषयमा घन्टौंसम्म सोधपुछ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सनी लियोनीले २९ लाख भारु ठगी गरेको आरोप एक व्यक्तिले लगाएका छन् । द हिन्दूमा प्रकाशित रिपोर्टअनुसार पेरु मबरुरमा बस्ने आर श्रेयस नामका ती व्यक्तिले सन्नी लियोनीविरुद्ध ठगीको आरोप लगाएका हुन् । श्रेयसका अनुसार सन्नी लियोनीले उनीसँग सो रकम दुई कार्यक्रमका लागि लिएकी थिइन् । तर, कार्यक्रममा उपस्थित हुन उनले अस्वीकार गरिन् । यसै मामिलामा सोधपुछका लागि केरल क्राइम ब्रान्चले लियोनीलाई शुक्रबार राति बोलाएको थियो ।

सन्नीमाथि सोही विषयमा सोधपुछ गरियो । प्रहरीको सोधपुछमा सन्नीले आफू कोरोनाका कारण कार्यक्रममा भाग लिन असमर्थ भएको बताएकी छन् । सन्नीका अनुसार आयोजकले पाँच पटक कार्यक्रम रद्द गरिदिए र निर्धारित समयानुसार कार्यक्रम आयोजना नै भएन । यदि आयोजकले अन्य कुनै दिन कार्यक्रम आयोजना गरे आफू उक्त कार्यक्रममा सहभागी हुन तयार रहेको जनाएको अपराध शाखाका अधिकारीले बताएका छन् । उजुरीकर्ता र सन्नीबीच यस विषयमा कुराकानी जारी रहेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर