newskoseli.Com

विप्लव बिहानै ५ बजे हान्निए नवलपरासीबाट काठमाडौंतिर

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सरकारसँग बिहीबार भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार बिहानै नवलपरासीबाट काठमाडौंतर्फ लागेका छन् ।

नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरेर उनी काठमाडौंतिर लागेका हुन् । विप्लवलाई राजधानी ल्याउन सरकारले हेलिकप्टर पठाउने तयारी गरे पनि त्यसलाई अस्वीकार गरेर उनी गाडीबाट काठमाडौं आएका छन् । शुक्रबार दिउँसो २ बजे काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री खड्ग ओली र महासचिव विप्लवले संयुक्तरुपमा सहमतिपत्रमा हस्ताक्षर गर्ने भएका छन् । ओली र विप्लव दुवैले कार्यक्रमलाई सम्बोधन समेत गर्दैछन् ।

ओली सरकारले अनावश्यक र आपत्तिजनकरुपमा ‘प्रतिबन्ध’ लगाएपछि भूमिगत रहँदै आएका विप्लव करिव दुई वर्षपछि सार्वजनिक भएका हुन् । बिहीबार राति साढे ११ बजे उनले देवचुली नगरपालिका– १२, गैडीस्थित सहिद फूलमाया सारु मगरको परिवारलाई भेटेका थिए । त्यहाँबाट बिहानै ५ बजे उनी प्रहरीको एस्कर्टिङसहित काठमाडौंतर्फ लागेका छन् । उनीसँग नेकपा नेता बालानन्द कीर्ति र पार्टीका केही कार्यकर्ता समेत सँगै आइरहेका छन् ।

बिहीबार बिहान नेकपा वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र सरकारी वार्ताटोलीका संयोजक एवं गृहमन्त्री रामबहादुर थापाले हस्ताक्षर गरेको सहमतिलाई साँझ बसेको मन्त्रिपरिषदको बैठकले अनुमोदन गरिसकेको छ । ‘नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने’ सहमतिपछि जारी संयुक्त प्रेस नोटमा उल्लेख छ ।

यी समाचार पनि पढ्नुहाेस्–

सरकार–विप्लव वार्ता : के खोज्यो सरकारले, के भन्यो विप्लव पक्षले ? (भिडियो पनि)

अन्ततः विप्लवसँग हारे खड्ग ओली : दुवै पक्षका वार्ताटोली बने, ‘प्रतिबन्ध’ तत्काल हटाइँदै (भिडियोसहित)

सरकार–विप्लवबीच सहमति : २१ गते ओली र विप्लवले सम्बोधन गर्ने, के–के भए सम्झौता ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर