newskoseli.Com

महायज्ञमा पाँच लाख बराबरको दान संकलन

रामचरित्र मानसमा आधारित सप्ताह ज्ञान महायज्ञमा रु पाँच लाख २० हजार बराबरको दान सङ्कलन भएको छ ।

साँखरको रामजानकी मन्दिर मर्मत तथा संभारका लागि सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो । आर्थिक रकमको अभावमा मन्दिरको अवस्था जीर्ण हुँदै गएकाले मन्दिर संरक्षणका लागि सप्ताह ज्ञान महायज्ञ गरिएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष गोविन्द अधिकारीले जानकारी दिए । सूर्यपाकी आबाल ब्रह्मचार्य केशावाचार्यले महायज्ञमा सङ्गीतमय शैलीमा कथावाचन गरेका थिए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर