
कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा पेरुले हाईटीलाई १-० ले हराएको छ ।
क्यारेबियन राष्ट्र हाईटीविरुद्धको खेलमा पेरुलाई विजयी गराउन होजे पाउलो गुरेरोले ६१ औं मिनेटमा निर्णायक गोल गरे ।
यसअघि आजै बिहान सम्पन्न अर्को खेलमा कोष्टा रिका र पाराग्वेले गोलरहित बराबरी खेलेका छन् । अहिले पौने ८ वजे सुरु हुने खेलमा ब्राजिल र इक्वेडर भिड्नेछन् ।