
केही दिनअघि बाराबाट अपहरणमा परेर भारतको बिहारबाट रिहा भएका नेपाली व्यवसायी सुरेश केडिया बिहार पुलिसलाई धन्यवाद दिन पटना पुगेका छन् ।
भारतीय संचारमाध्यमका अनुसार उनले बिहार पुलिस मुख्यालयमा पुगेर सोमबार आफ्नो उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।
बिहारका डिजीपी पीके ठाकुरका अनुसार बिहारका तीन जिल्लाका प्रहरीले संयुक्त रुपमा अभियान संचालन गर्दै विभिन्न स्थानमा छापा मारेर सुरेशलाई अपहरण मुक्त गराएको हो ।
अपहरणका मूख्य आरोपी जेलमै रहेको बिहार पुलिसले जनाएको छ । २६ मईमा अपहरण गरिएका केडियालाई २९ मईमा बिहारबाट अपहरणमुक्त गराइएको थियो । (एजेन्सी)