newskoseli.Com

ग्यासकाे कालोबजारी गर्ने व्यापारी समातिए

आफ्नो पसलमा लुकाइछिपाइ राखी बढी मूल्यमा ग्यास बिक्री गरेर कालोबजारी गर्ने पोखरा–१०, रामबजारका एक व्यापारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

सो ठाउँमा गोशली भाँडा पसल सञ्चालन गरेका पसल सञ्चालक अशोक गोशलीले प्रतिसिलिन्डर ग्यास ४ हजार ५ सयमा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पसल खानतलासी गर्दा एनएल ग्यासका १ सय ६० सिलिन्डरसहित निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले निजलाई कालोबजारी ऐनअन्तर्गत अनुसन्धान गरिरहेको बताएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर