newskoseli.Com

शिवसेनाले मोदीलाई दियो कडा चेतावनी

भारतीय जनता पार्टीको मूख्य सहयोगी दल ‘शिवसेना’ ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विदेशमा गएर भारतको छवि नधमिल्याउन चेतावनी दिएको छ ।

मोदीले गत आइतबार दोहामा सम्बोधन गर्दै भारतमा बढ्दो भ्रष्टाचार चुनौति बनेको बताएका थिए । आफूले कयौंलाई भ्रष्टाचारबाट रोक्न खोज्दा समस्याहरुको सामना गर्नुपरेको उनको भनाई थियो ।

शिवसेनाले मोदी सरकार सत्तामा आएको दुई वर्ष भइसक्दा पनि भ्रष्टाचारका बारेमा मानिसमा गुनासो भइरहनुको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत मोदीसमक्ष राखेको छ ।

उसले मुलुकको समस्यालाई विदेशमा गएर उजागर गर्दै ताली बटुल्नु देशकै छवि धमिल्याउनु हो भन्दै मोदीलाई देशको छवि धमिल्याउने काम नगर्न चेतावनी दिएको छ ।

शिवसेनाले आफ्नो मुखपत्र ‘सामना’ मा सम्पादकीय लेख्दै प्रश्न गरेको छ, ‘भारतीय जनता पार्टीकै शासन भएको महाराष्ट्र, मध्यप्रदेश र गुजरातमा भएका कयौं घोटालाको श्रेय गान्धी परिवारलाई दिन मिल्छ ?’ शिवसेनाले विपक्षी दलको आलोचना गर्ने नै हो भने पनि देशभित्रै रहेर गर्न मोदीलाई सुझाव दिएको छ ।

‘देशमै बसेर विपक्षीलाई निशाना बनाउन सकिन्छ, यसका लागि अमेरिका वा युरोप गइरहन जरुरी छैन,’ शिवसेनाले भनेको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर