newskoseli.Com

हाइटीको पोष्टमा ब्राजिलले गर्‍यो गोलको बर्षा

हाइटीलाई हराउँदै ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो पारेको छ ।

बिहीबार बिहान भएको खेलमा ब्राजिलले क्यारेबियन प्रतिद्वन्द्वी हाइटीलाई ७-१ ले हरायो । खेलको पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो हाफमा चार गोल थप्यो ।

ब्राजिलका लागि फिलिप कौटिन्होले ह्याट्रिक गरे भने रेनाटो अगष्टोले दुई गोल गरे । यसैगरी ग्याब्रिएल र लुकास लिमाले एक–एक गोल गरे ।

हाईटीका जेम्स मार्सेलीनले एक सान्त्वना गोल फर्काए । जितसँगै ब्राजिलले समूहका दुई खेलबाट ४ अंक जोड्दै क्वाटरफाइनल पुग्ने सम्भावना बलियो पारेको छ । उता हाईटी भने एक खेल खुल्नुअघि नै समुह चरणबाटै बाहिरिएको छ ।

कोपा अमेरिका फुटबलअन्तर्गत समुह बी कै अर्को खेलमा अहिले ईक्वेडर र पेरु भिड्दैछन् । पेरुले पहिलो खेलमा हाईटीलाई हराएको थियो भने ईक्वेडर ब्राजिलसँग बराबरीमा रोकिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर