newskoseli.Com

करिअर बनाउनमै व्यस्त छु, प्रेमतिर त ध्यानै जाँदैन : मोडल बरुवाल

सिन्धुपाल्चोक जिल्लाको मेलम्चीका दिनेश बरुवाल मोडलिङ क्षेत्रमा प्रबेश गरेको डेढ वर्ष मात्र भयो । तर हिजोआज उनलाई भ्याईनभ्याई छ।

म्युजिक भिडियोको सुटिङ र आफ्नो कम्पनीको गित छायांकनमै उनको दिन बित्छ । डेढ वर्ष अघि मात्रै नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गरेका उनी छोटो समयमै सफलता हातपार्न सफल भएपछि निकै प्रफुल्लित भएका छन् । उनि भन्छन् “मोडलिङमा संघर्ष गर्न सकियो भने एकदिन अवश्यै सफलता हात पार्न सकिने रहेछ ।’

एक दर्जन बढी नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल दिनेश बरुवाल भर्खरै मात्र एस बि रामारोशन फिल्मस् प्रा.लि . द्वारा निर्मित मुटु मेरो नामक म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।

धेरै कम्पनी संग काम गरिसकेको र एस बि रामारोशन फिल्मस् संग काम गर्दा छुट्टै अनुभूति भएको र नेपाली संगित क्षेत्रको धेरै अनुभव बटुली सकेको बरुवालले बताए। यसका अलवा उनले आफ्नो बिजनेश पनि चलाएका छन् ।

पूर्वी मोरङदेखी पश्चिम महाकाली सम्मका ठाउँहरुमा उनले आफ्नो भिडियोहरू छायांकन गरिसकेका छन् । मोरङ, सुनसरी, तेह्रथुम, नुवाकोट, सल्यान अछाम कैलाली कन्चनपुर लगायत देशका थुप्रै जिल्लामा घुमफिर र यात्रा गरिसकेका बरुवाल नयाँ ठाउँ र नयाँ बातावरणमा रम्न चाहान्छन्।

करिव छ फिट अग्ला बरुवालले आफ्नो शरीरलाई मेन्टेन गरेर राखेको र जिम, डाइडलाई पनि दैनिक निरन्तरता दिइरहेको बताउछन। धेरै संघर्ष पछि यो स्थानमा आएको बताउने बरुवाल भविष्यमा पनि मोडलिङलाई नै आफ्नो करियर बनाउने र राम्रो चलचित्रमा अफर आए कन्फिडेन्ट भएर अभिनय गर्ने बताउँछन् ।

सानैदेखि मोडल बन्ने लक्ष्यका साथ यस क्षेत्रमा होमिएक बरुवाल साथीभाइ र परिवारको प्रेरणाले झनै उत्साहित छन् । एस् बि रामारोशन फिल्मसबाट निर्माण हुन लागेको नेपाली कथानक चलचित्र मिस्टर ४२० चलचित्रमा डेब्यु गर्दै छन।

अहिलेसम्म कसैको पनि मायाँ प्रेममा नफसेको बताउने उनलाई प्रेम प्रस्तावको भने ओइरो लाग्ने गरेको बताउँछन् । उनी भन्छन् “अहिले करियर बनाउनमै ब्यस्त छु , प्रेम तिर त ध्यानै गएको छैन ।”

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर