newskoseli.Com

साहित्यमा भयवादले विश्वभर मान्यता पाउनेमा ढुक्क छु : साहित्यकार सुब्बा

उन्नार्इस वर्षदेखि भयवादको नयाँ चिन्तनमा काम गर्दै अाएका हङकङवासी नेपाली साहित्यकार देश सुब्बाले यहाँ पनि यसबारे जानकारी दिएका छन् ।

विमर्श युथ फाउन्डेसन र चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा साहित्यकार सुब्बाले आफ्नो चिन्तनले ढिलै भए पनि विश्वभरि मान्यता पाउँदै गएकामा खुसी व्यक्त गरे ।

सब्बाले स्थापित मान्यताभन्दा फरक नयाँ केही आयो भने त्यो स्वीकृत हुन समय लाग्छ तर तर्क सटिक छ भने त्यो स्थापित भएरै छाड्ने भएकाले आफ्नो चिन्तन पनि स्थापित भइरहेको बताए । साहित्यकार सुब्बाले भने– ‘मानव जीवन वास्तवमा भयबाट सञ्चालित छ भन्दा सुरुमा आश्चर्य लाग्नु स्वाभाविकै हो तर सोच्दै जाँदा यस कुराको वास्तविकता अगाडि आउँछ ।’

आफ्नो चिन्तनका लागि अमेरिका, क्यानडा र भारतबाट पुरस्कृत भइसकेका सुब्बाले आफ्नो चिन्तनले नेपाली पाठक माझ पनि लोकप्रियता पाउँदै गरेकोे जिकिर गरे।

उनले आफू भयवादको विश्व यात्रामा रहेको र यसअघि भारत र पूर्वी नेपालका विभिन्न ठाउँमा गोष्ठी सम्पन्न गरेर काठमाडौँ आइपुगेको जानकारी दिए । साहित्यकार सुब्बाले चार उपन्यास र एक धर्के कविता लेखिसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर