newskoseli.Com

युरोकपको दोस्रो खेलमा स्विट्जरल्याण्ड विजयी

फ्रान्समा जारी युरो कप फुटबल अन्तर्गत हिजो भएका खेलहरुमा स्वीट्जरल्याण्ड र वेल्स विजयी भएका छन् । समुह ए अन्तर्गतको खेलमा स्वीट्जरल्याण्डले अल्बानियालाई १–० ले हरायो ।

खेलमा स्वीस टोलीलाई विजयी गराउन फाबियन शहारले निर्णायक गोल गरे । अल्बानियाका कप्तान लोरिक साना ३६ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि टोलीले अधिकांश समय १० जनाले खेल्नुपरेको थियो ।

युरोकप अन्तर्गत गएराति भएको अर्को खेलमा वेल्सले स्लोभाकियालाई २–१ ले हराएको छ । वेल्सलाई विजयी गराउन ग्यारेथ बेल र हाल रोब्सन कानुले एक–एक गोल गरे । पराजित टोली स्लोभाकियाको लागि ओन्द्रेज डुडाले एक गोल फर्काए ।

युरोकपअन्तर्गतको अर्को खेलमा इङ्ल्यान्डलाई रुसले एक–एक गोलको बराबरीमा रोकेको छ । खेलमा इङ्ल्यान्डका एरिक डायरले पहिलो गोल गरे पनि रुसका भासीली बेरेजुस्कीले ईन्जुरी समयमा एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

युरोकप फुटबलमा आज पनि तीन खेल हुनेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर