newskoseli.Com

स्वीडेन आयरल्याण्डसँग बराबरीमा रोकियो

फ्रान्समा जारीयुरो २०१६ अन्तर्गत समूह ‘इ’ अन्तर्गतको पहिलो खेलमा स्वीडेन र रिपब्लिक अफ आयरल्याण्डले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

पेरिसस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा सुरुवाती अग्रता लिएरपनि जोगाउन नसक्दा आयरल्याण्डले ऐतिहासिक जीत आत्मसाथ गर्ने अवसर गुमायो ।

पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेपनि दोस्रो हाफको सुरुमे आयरल्याण्डले अग्रता लिएको थियो । ४८औं मिनेटमा वेस्ले हूलाहानले गोल गरेका थिए ।

तर ७१औं मिनेटमा स्वीडेनले उपहार गोलमार्फत खेल बराबरीमा ल्यायो । स्वीडिस स्टार ज्लाटन इब्राहिमोबिचले प्रहार गरेको बल क्लियर गर्न लाग्दा आयरल्याण्डका सियारान क्लार्कले आत्मघाती गोल गर्न पुगेका थिए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र दुवे टोलीले एक एक अंक बाँडे । यि दुईले समूहका अन्य खेलमा इटाली र बेल्जियमसँग खेल्नेछन् । इब्राहिमोबीचको टोली स्वीडेनका लागि अर्को चरणमा प्रबेश पाउन आगामी खेलमा जीत्नैपर्ने दवाव बढेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर