newskoseli.Com

दिप्सनको ‘ॐ नमः शिवाय’ बजारमा (भिडियोसहित)

युवागायक दिप्सन क्षेत्रीको सोलो एल्बम ‘दीप’ मा समावेश ‘ॐ नमः शिवाय’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक क्षेत्रीको शब्द, संगीत र आवाजमा सजिएको उक्त गीतलाई सञ्जीव बराइलीले एरेन्ज गरेका हुन् ।

पशुपतिमा भेटिने साधुसन्तहरुका विभिन्न क्रियाकलापलाई भिडियोमा चित्रित गरिएको छ । श्री पराजुलीको छायांकन र सम्पादनमा तयार भएको भिडियोलाई चर्चित गायक बादल प्रसाईंले निर्देशन गरेका हुन् । भिडियोमा बादलको निर्देशकीय क्षमता अब्बल देखिएको छ ।

‘दीप’ मा समाविष्ट चौथो नम्बरको गीतको भिडियो हो ‘ॐ नमः शिवाय’ । यससँगै एल्बम ‘दीप’ मा ‘तिम्रो याद’, ‘अनिता’, ‘छमछम’, ‘यो माटो’ र ‘बाल मतलब’ बोलका गीतहरु छन् । सबै गीतका शब्द, संगीत र आवाज गायक दिप्सनकै हुन् ।

dipson4 dipson2 dipsan deep6

झापामा जन्मिएका गायक दिप्सनले एल्बम ‘दीप’ मा समाविष्ट ‘अनिता’ बोलको गीत आफ्नी श्रीमतीका लागि कोरेका हुन् । श्रीमतीको नाम अनिता तामाङ भएका कारण गायक दिप्सनले श्रीमतीको तारिफमा यो गीतको रचना गरेका हुन् ।

सानैदेखि गीत गाउन र नाच्न मन पराउने दिप्सनले पहिलो पटक सोलो एल्बम बजारमा ल्याएका हुन् । एल्बमको विषयमा बोल्दै दिप्सनले आफू अथक मेहनतपछि सोलो एल्बम ‘दीप’ लिएर बजारमा आउन समर्थ भएको बताए ।

युवा पुस्ताका दर्शक–श्रोताहरुलाई लक्षित गरेर आफूले ‘दीप’ एल्बम बजारमा ल्याएको क्षेत्रीले बताए । उनका अनुसार एल्बममा समाविष्ट अन्य सबै गीतहरुको पनि बिस्तारै भिडियो निर्माण गरिनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर