newskoseli.Com

सङ्कटमा छ तालको अस्तित्व

Dhumba Lake located at Thini of Jomsom VDC-9 in Mustang district, on Friday, October 16, 2015. Photo: Rishi Ram Baral

जिल्लाको जोमसोम–९ मा अवस्थित मनमोहक ढुम्बातालको अस्तित्व सङ्कटमा पर्दै गएको छ ।

मौसम परिवर्तनसँगै तापक्रम वृद्धि र अन्य मानवीय कारणले तालमा पानीको सतह घट्दै जानु र वरपरको भाग चिरा पर्न थालेपछि तालको अस्तित्व सङ्कटमा पर्दै गएको हो । समुद्री सतहदेखि करिब ३५ सय मिटरको उचाइमा अवस्थित ढुम्बाताल सदरमुकाम जोमसोमदेखि १ घन्टाको पैदल दूरीमा पुग्न सकिन्छ ।

४ सय मिटर लम्बाइ र १ सय मिटर चौडाइ क्षेत्रफलमा फैलिएको तालको गहिराइ करिब १० मिटर रहेको अनुमान गरिएको छ । साविकको तुलनामा यस वर्ष तालमा पानीको सतह आधा घटेको स्थानीय ल्याक्या गुरुङको भनाइ छ । “वैशाख १२ र २९ गतेको भूकम्पपछि ताल वरपर धाँजा फाट्यो, पानी विस्तारै त्यहाँबाट जान थाल्यो”, उनले भने – “अहिले त ताल सानो देखिन्छ ।” स्थानीयवासीले तालमा पानीको सतह घट्न नदिन पाइपमार्फत पानी ल्याउने प्रयास गरिए पनि सफल हुन सकेको छैन । थुप्रै हिमशृङ्खलाको अवलोकनसमेत गर्न सकिने ढुम्बातालमा थुप्रै चलचित्र र डकुमेन्ट्रीसमेत निर्माण भएका छन् ।

मौसम परिवर्तनका कारण जमिनको सतह तातिदै जान थालेपछि पानीका स्रोतहरु सुक्दै जान थालेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) जोमसोमकी प्रमुख निरु थापाले बताए  । “अहिले हिमनदी र तालहरु सङ्कटमा पर्दै गएका छन्, ढुम्बाताल पनि यसबाट बच्न सक्दैन्”, उनले भने  – “यसलाई जोगाउन बेलामै सचेत हुनुपर्छ ।” ढुम्बाताल सुक्दै जाँदा माछा, हाँसलगायत अन्य जलचरसमेत सङ्कटमा परेको बताइएको छ । तालको संरक्षणका लागि ताल वरपर वृक्षरोपण र चेतनामूलक कार्यक्रम गरिनुपर्ने प्रमुख थापाको भनाइ छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर