newskoseli.Com

साउन पहिलो साता पल्सर स्पोर्टस् अवार्ड

यो वर्ष बजाज पल्सर स्पोर्टस् अवार्ड साउन पहिलो साता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले अवार्डको १२औँ संस्करण साउन ६ गते गर्ने निर्णय गरेको अाइतबार राजधानीमा अायाेजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यो वर्ष विभिन्न ८ विधामा अवार्ड प्रदान गरिनेछ, जसमा उत्कृष्ट पुरूष, महिला र युवा खेलाडी तथा वर्षका उत्कृष्ट प्रशिक्षकका अवार्ड हुनेछन् । त्यस्तै, लाइफटाइम अचिभमेन्ट अवार्ड, लोकप्रिय खेलाडी, वर्षका उत्कृष्ट पारा खेलाडी र स्पेसल अवार्ड समेत प्रदान गरिनेछ ।

त्यसमध्ये वर्षका उत्कृष्ट पुरूष, महिला र लोकप्रिय खेलाडीले जनही एउटा पल्सर मोटरसाइकल पाउनेछन् । त्यसैगरी अन्य विधाका विजेताले ५० हजार रूपैयाँ पाउनेछन् ।

मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले विभिन्न विधामा परेका खेलाडीको सूची सार्वजनिक गरेको  छ । सोही समितिले छानेका खेलाडीमध्ये उत्कृष्ट खेलाडी पुरस्कृत हुने मञ्चले जनाएको छ ।

मञ्चले हरेक वर्ष अवार्डको आयोजना गर्दै आए पनि अघिल्लो वर्ष भूकम्पका कारण अवार्ड रोकिएको थियो । अबका दिनमा अवार्डलाई निरन्तरता दिइने मञ्चको भनाइ छ ।

मञ्चले पल्सर स्पोर्ट्स् अवार्ड २०७२ का मुख्य प्रायोजक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिसँग ५ वर्षका लागि १५ लाख रूपैयाँ बराबरको प्रायोजन सम्झौता गरेको छ ।

सम्झौतापत्रमा मञ्चका तर्फबाट अध्यक्ष महेश आचार्य र हंसराज हुलासचन्दका तर्फबाट कार्यकारी निर्देशक शेखर गोल्छाले हस्ताक्षर गरे । सम्झौताअनुसार हंसराजले ७ लाख रूपैयाँ बराबरका ३ थान पल्सर बाइक उपलब्ध गराउनेछ, जसबापत अवार्डको नाम बजाज पल्सर स्पोर्ट्स् अवार्ड– २०७२ हुनेछ ।

सम्झौतापत्र आदानप्रदान गर्दै कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले यस वर्ष मञ्चसँग १५ लाख रूपैयाँको सम्झौता गरे पनि आगामी वर्षमा प्रायोजन रकम बढाउँदै लैजाने बताए ।

मञ्चका अध्यक्ष आचार्यले अवार्डको बजेट ३० लाख रूपैयाँ रहेको जानकारी दिँदै यस्ता अवार्ड आयोजना गरेर खेलाडी र खेल क्षेत्रकोे विकासमा टेवा पुर्याउने कार्यमा निरन्तर लागिपर्ने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर