newskoseli.Com

फ्रान्ससँगको बराबरीपछि स्विटजरल्याण्ड प्रि–क्वार्टरफाइनलमा

आयोजक फ्रान्ससँग बराबरी खेल्दै स्विट्जरल्याण्ड युरोकप फुटबल प्रतियोगिताको प्रि क्वाटरफाईनलमा प्रवेश गरेको छ । फ्रान्समा गएराति भएको समुह एको अन्तिम खेलमा स्विट्जरल्याण्डले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको हो ।

यही समुहको अर्को खेलमा रोमानियालाई १–० ले हराउँदै अल्बानियाले पनि अर्को चरण प्रवेशको सम्भावना जिवीत राखेको छ । खेलमा अल्बानियालाई विजयी गराउन ४३ औं मिनेटमा अर्मान्डो सादिकुले गरेको गोल निर्णायक बन्यो ।

गएरातिको खेलहरुपछि समुह ए मा सबै तीन चरणका खेल सकिंदा अपराजित रहेका दुई टोलीमध्ये ७ अंक जोडेको फ्रान्स समूहविजेता बन्यो भने ५ अंक जोडेको स्विट्जरल्याण्ड दोस्रो भयो ।

यी दुई टोली सिधै अर्को चरणमा प्रवेश गर्दा ३ अंकका साथ तेस्रो स्थानमा रहेको अल्बानिया पनि अर्को चरण प्रवेश गर्ने होडमा कायमै छ । युरोकपमा ६ वटा समुहका विजेता र उपविजेतासँगै तेस्रो स्थानमा आउने ६ टोलीमध्ये उत्कृष्ट ४ टोली अर्को चरणमा प्रवेश गर्ने व्यवस्था छ ।

युरोकप फुटबलमा आज राति समुह बी का अन्तिम लिग खेलहरु हुनेछन् । राति पौने १ बजे हुने खेलहरुमा स्लोभाकियाले इंग्ल्याण्डसँग खेल्दा रुस र वेल्स भिड्नेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर